बालिका बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ

बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ परेका परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । 

बुवासँग गत १६ गते विवाह हेर्न गएकी बालिकालाई चाउचाउ किनिदिने भन्दै फकाएर पसलमा लगी त्यहाँबाट पाँच सय मिटर टाढा रहेको खाली गोठमा लगी बलात्कार गरेका थिए ।
 
आरोपित युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेपछि आज जिल्ला प्रहरी कार्यालय बझाङले छबिसपाथीभेरा गाउँपालिकाका ती युवकलाई सार्वजनिक गरेको हो । 

युवकले  वैशाख १६ गते आफ्ना बुवासँग बिहे हेर्नका लागि मामाघर गएकी ती बालिकालाई आफूले बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेका हुन् ।

पीडितका बुवासँगै बिहेभोजमा मदिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ । 

घटनापछि फरार अभियुक्तलाई १९ गते साँझ थलारा गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

बलात्कृत बालिकामा शारीरिक र मानसिक समस्या आएपछि उनको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको उनले बताए । शारीरिक समस्या देखिएपछि बालिकाको अप्रेसन गरिएको डिएसपी विष्टले बताए ।





  • प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार १८:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया