रोमाञ्चक जितका साथ लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब भिल्लारियललाई ३–२ तथा समग्रमा ५–२ ले हराउँदै लिभरपुल लिगको फाइनलमा पुगेको हो ।

भिल्लारियलको घरेलु मैदान एल मड्रिगलमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै लिभरपुलले जित निकाल्यो । खेलको तेस्रो मिनेटमै बोउलाए डियाले भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा फ्रान्सिस कोक्वेलिनले घरेलु टोलीको अग्रता दोब्बर बनाए । 

पहिलो हाफमा २–० लेपछि परे पनि लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट  पुनरागमन गर्‍यो । खेलको ६२ औं मिनेटमा लिभरपुलका फाबिन्होले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ६७ औं मिनेटमा लुइस डियाजले गोल गरेपछि पाहुना टोली २–२ को बराबरीमा आयो ।

७४ औं मिनेटमा सदियो मानेले गोल गर्दै लिभरपुललाई ३–२ को रोमाञ्चक जित दिलाए । घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल २–० ले विजयी भएको थियो । लिभरपुलले उपाधिका लागि म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 





  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार ६:५०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया