चुनावी सभालाई सम्बोधन गर्न विराटनगर जाँदै देउवा, कस्तो छ कांग्रेसको साताव्यापी सेड्युल ?
फाइल फाेटाे

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज मोरङको विराटनगर जाँदैछन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो । उसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।

चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्रीद्वय शर्मा र थापा, प्रवक्ता प्रकाशशरण महतलगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।  

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार कहाँ–कहाँ हुँदैछ सभा?  

वैशाख २२ गते– चितवनको भरतपुरमा

वैशाख २३ गते– काठमाडौंमा



वैशाख २४ गते– रूपन्देहीको बुटवलमा

वैशाख २४ गते– तनहुँको दमौली र धनुषाको जनकपुरमा



वैशाख २५ गते– कास्कीको पोखरा र दाङको तुलसीपुरमा

वैशाख २६ गते– कैलालको धनगढीमा

वैशाख २७ गते( डडेल्धुरामा

  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार ७:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया