बिहान काठमाडाैं उपत्यकासहित मुलुकका पहाडी भू-भागमा बदली रहेकाे छ । गएराति काठमाडाैंका केही क्षेत्रमा वर्षा भएकाे थियाे । माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेकाे हो ।
दिउँसो पहाडी भू-भागका केही र तराईका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश-१, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
बिहीबार पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ । राति प्रदेश-१ , मधेश, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाको बुलेटिनमा उल्लेख गरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।