तीन सिजनपछि प्रिमियर लिगमा फर्कियो बर्नमाउथ

बर्नमाउथ इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको छ । बर्नमाउथ च्याम्पियनसिपअन्तर्गत गएराति नटिङ्गघम फरेस्टलाई १–० ले हराउँदै ३ सिजनपछि बर्नमाउथ प्रिमियर लिगमा फर्किएको हो ।

ऊ सन् २०१९–०२० को सिजनबाट च्याम्पियनसिपमा झरेको थियो । घरेलु मैदान भिटालिटी स्टेडियममा बर्नमाउथलाई जित दिलाउन किफर मुरेले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । 

बर्नमाउथ प्रिमियरल लिगमा बढुवा हुने दोस्रो टोली हो । यसअघि फुलहम पनि शीर्ष लिगमा उक्लिएको थियो । यो जितसँगै दोस्रो स्थानमा रहेको बर्नमाउथले ४५ खेलमा ८५ अंक जोडेको छ ।

पराजित फरेस्ट समान खेलबाट ७९ अंकका साथ तेस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार ९:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया