त्रिभुवन विमानस्थल आन्तरिक तर्फको उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलमा शंकास्पद बस्तु राखिएको हल्ला चलेपछि विमानस्थल बन्द गरिएको थियो ।
सुरक्षा निकायले गरेको सर्च अप्रेशनबाट केही पनि फेला नपरेपछि विमानस्थलको आन्तरिक हवाई उडान सुचारू भएको विमानस्थल प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए ।
‘शंकास्पद वस्तु राखेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि हामीले सर्च गर्यौं । सर्च गर्दा केही पनि फेला परेन । अहिले सबै उडान सुरु भइसकेका छन्,’ ढकालले भने ।
बुधबार बिहान अज्ञात व्यक्तिले एक्सचेन्जमा फोन गरेर विमानस्थलमा बम राखिएको जानकारी दिएका थिए । त्यसपछि सुरक्षा निकायले यात्रुहरूलाई बाहिर पठाएर सर्च अप्रेशन चलाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।