कोरोनाबाट एक जनाको मृत्यु, देशभर थपिए १९ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२१ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयले आज १८ जना संक्रमणमुक्त भएको जनाएको छ । योसँगै देशभर अहिलेसम्म ९ लाख ६६ हजार ७१५ जना निको भएका छन् ।

कोरोनाबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । नेपालमा मृत्युदर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । आज ३० हजार ६५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।





  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार १६:४६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया