गठबन्धनभित्र कांग्रेसले धोका दिँदैन, उचाल्ने पछार्ने काम नगरौँ : प्रधानमन्त्री देउवा
'निर्वाचनको पक्षमा थिएँ, सबैले ओलीलाई हटाऔँ भनेपछि गठबन्धनको नेतृत्व लिएँ'

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताका आधारमा अहिलेको पाँचदलीय सत्ता गठबन्धन बनेको बताएका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

‘म त चुनावकै पक्षमा थिएँ । सबैले ओलीलाई हटाऔँ भनेपछि मैले गठबन्धनको नेतृत्व गरेको हो’ उनले भने, ‘सबैले आग्रह गरेपछि म प्रधानमन्त्री भएको हुँ ।’

उनले अहिलेको पाँचदलीय गठबन्धन प्रजातन्त्रको मलजल गर्नका लागि बनेकाले कुनै पनि शंका उपशंका नगर्न आग्रह गरे । 
प्रधानमन्त्री देउवाले निर्वाचनमा गठबन्धनभित्र नेपाली कांग्रेसले धोका नदिने बताए । 

‘अहिलेको गठबन्धन प्रजातन्त्रलाई मलजल गर्नका लागि बनेको हो । त्यसैले गठबन्धनमाथि कुनै पनि शंका उपशंका नगर्नुहोला’ उनले भने, ‘गठबन्धनभित्र कांग्रेसले धोका दिँदैन । त्यसैले हामीले उचाल्ने पछार्ने काम गर्नु हुँदैन ।’

उनले विराटनगरमा मेयरका कांग्रेस र उपमेयरमा जसपाका उम्मेदवारलाई कत दिएर जिताउन आग्रह गरे । उनले विराटनगरले पहाडी र मधेशी मिलेको सन्देश दिएको बताउँदै मेयरमा कांग्रेस र उपमेयरमा जसपाको छाता चिन्हको उम्मेदवारलाई कत दिने कार्यकर्ताहरूलाई निर्देशन दिए ।





  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार १६:५७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया