दुई विभागिय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौँ आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा बुधबार जित निकालेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलामा सम्पन्न खेलमा महिलातर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्दै सफलता प्राप्त गरेको हो ।
बुधबार नै भएको महिलातर्फको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले न्यु डायमण्ड स्पोटर््स क्लबलाई पनि सोझो सेटमा हरायो । आर्मीले न्यु डायमन्डमाथि २५–१६, २५–१२, २५–१२ को जित निकालेको हो । जितसँगै नेपाल पुलिसले दुई खेलबाट ६ अंक बनाएको छ भने आर्मीले तीन खेलबाट ६ अंक नै रहेको छ । यस्तै, नेपाल एपिएफ क्लबको ३ अंक, एभरेस्ट भलिबलको २ अंक र न्यु डायमण्डको १ अंक रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुषतर्फको प्रतिस्पर्धामा भने हेल्प नेपालले एपिएफमाथि ३–१ को सेटमा जित निकाल्यो । हेल्प नेपालले एपिएफलाई २५–२२, २५–१९, २८–३० र २५–२३ ले पराजित गरेको हो । अर्को खेलमा पुलिसले गण्डकीलाई पराजित गरेसँगै ९ अंक बनाएको छ । यस्तै, हेल्प नेपालको ८ अंक छ भने आर्मीको ९ अंक छ । यस्तै, एपिएफको ३ अंक, गण्डकीको ४ र गलकोट अंकविहीन छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।