देउवाको गृहजिल्लामा मतदाता फकाउँदै आरजु

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा गृहजिल्ला डडेल्धुरा पुगेकी छन् । जिल्लामा पार्टी दुई फ्याक भएपछि उनी मतदाता रिझाउन डडेल्धुरा पुगेकी हुन् । 

जिल्लामा पूर्वसभापति कर्णबहादुर मल्ल पक्ष विद्रोहमा छ । मल्ल पक्षले नेपाली कांग्रेस (बिपी) पार्टी विस्तार गरेको छ । उक्त समूह एमालेसँग तालमेल गरि चुनाव चिह्न करुवा बोकेर स्थानीय चुनावमा होमिएका छ ।

डडेल्धुरामा एउटा समूह नै विद्रोहमा उत्रिएपछि त्यसको असर चुनावमा देखिने भन्दै कांग्रेसमा चिन्ता छ । सोही चिन्ता सरलीकरण गर्न डा. आरजु गृहजिल्ला पुगेकी हुन् ।

कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी उनले नेता तथा कार्यकर्तालाई उत्प्रेरित गर्न बुधबार सदरमुकामको बसपार्कमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरिन् । उनले देउवाका कारण डडेल्धुराको विकास भएको बताउँदै मतदातालाई रूख चुनाव चिह्नमा मतदान गर्न आग्रह गरिन् ।

उनले बिहे गरेर डडेल्धुरा आएपछि गाउँगाउँमा पुगेको बताइन् । ‘म बिहे गरेर आउँदा यहाँको अवस्था देखेर ४ सय वर्ष पछाडि आएजस्तो लागेको थियो । म खानेपानी नभएको, बिजुली नहुँदा सुत्न नसकिने ठाउँमा पुगेकी छु’ उनले भनिन्, ‘तर, अहिले सबै विकास भएको छ । यो कसले गर्‍यो ? शेरबहादुर देउवाले । त्यसैले यो धर्तीलाई माया गर्नेले रूखमा भोट हाल्छ ।’

उनले डडेल्धुराले आफूलाई माइतीले भन्दा बढी माया दिएको समेत दाबी गरिन् ।



उनले जिल्लाका पूर्वसभापति एवं सुदूरपश्चिम प्रदेशका पूर्वसांसद मल्ललाई लक्षित गर्दै आफ्नोबारे नानाथरी कुरा गरिएको आरोप लगाइन् । ‘आफ्नो निजी स्वार्थका लागि मेराबारे नानाथरी कुरा गरिएको छ ।  उनी (मल्ल पक्ष)हरू नक्कली कांग्रेस हुन्’ उनले भनिन् ।

उनले कांग्रेस बिपीलाई आफूले नचिनेको बताइन् । ‘करुवाको नेता को हो ? मलाई पनि थाहा छैन । गुण्डालाई उठाएर म करुवा पार्टी भनेर तपाईं पत्याउने । पहिला चप्पल लगाउन पैसा नहुने विदेशमा घुम्छन् । टिकटक बनाउँछन्’ उनले भनिन्, ‘भोलि यता बजेट आवश्यकता पर्दा कसले दिन्छ बजेट । अहिले भर्खरै प्रधानमन्त्री देउवाले जिल्लामा ३१ करोडको बजेट पार्नुभा'छ । करुवाले कति बजेट दिएको छ ?’



  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार १८:४८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया