सिटीमाथि पुनरागमन जित निकाल्दै रियल च्याम्पियन्स लिगको फाइनलमा
फरकधार / २२ बैशाख, २०७९

स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ तथा समग्रमा ६–५ ले हराउँदै घरेलु टोली रियल लिगको फाइनलमा प्रवेश गरेको हो । 



सान्टियागो बर्नाबेउमा भएको निकै रोमाञ्चक बनेको खेलको ७३ औं मिनेटमा रियाद महारेजले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

फाइनल नजिक पुगिसकेको सिटीले खेलको अन्त्यतिर सम्हालिन नसक्दा अप्रत्यासित हार बेहोर्नुपर्यो । खेलको ९० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए ।



थप गरिएको समयमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गरेपछि घरेलु टोली २–१ ले अघि बढ्यो । थप गरिएकै समयमा करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गर्दै रियललाई ३–१ को जित दिलाए । 



सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा भएको पहिलो लेग रियलले ४–३ ले गुमाएको थियो । उसले उपाधिका लागि २८ मेमा अर्को इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ ।

लिभरपुल स्पेनिस क्लब भिल्लारियलाई समग्रमा ५–२ ले हराउँदै फाइनल पुगेको हो । 

  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार ६:५४:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया