भरतपुरमा सत्ता गठबन्धनको संयुक्त सभा आज, शीर्ष नेताहरूले सम्बोधन गर्दै

पाँच दलीय गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछ । आमसभालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू सम्बोधन गर्ने छन् ।

सभालाई सम्बोधन गर्न शीर्ष नेताहरू बुधबार नै चितवन पुगिसकेका छन् । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरूले सम्बोधन गर्ने माओवादी केन्द्र चितवनका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

यसपालि पनि भरतपुर महानगरपालिकाको प्रमुखका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रकी रेनु दाहाल चुनावी मैदानमा छिन् । उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

त्यस्तै, स्वतन्त्रबाट कांग्रेस नेता जगन्नाथ पौडेल पनि चुनाव लड्दैछन् ।  





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार ७:९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया