आइजिपी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आज हुँदैछ । 

बुधबार सुनुवाइ नसकिएपछि एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदन हेर्दाहेर्दै राखिएको थियो । बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिए पनि बहस नसकिएकोले आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । 

एआईजी पोखरेलले सरकारले वरियता मिचेर सिंहलाई आइजिपी नियुक्त गरेर आफूलाई अन्याय गरेको भन्दै सोमबार सर्वोच्चमा निवेदन दिएका थिए । 





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार ७:३६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया