भरतपुरमा सत्ता गठबन्धनले गर्न लागेको चुनावी सभास्थल डुबानमा
फरकधार / २२ बैशाख, २०७९

चितवनको भरतपुरमा सत्ता गठबन्धनले आयोजना गर्न लागेको संयुक्त चुनावी सभा वर्षाका कारण प्रभावित हुने देखिएको छ ।



गएरातिको वर्षाका कारण जलमग्न भएपछि चुनावी सभा प्रभावित हुने देखिएको हो । गठबन्धनले चुनावी सभामा शीर्ष नेताहरूलाई सम्बोधनका लागि भरतपुरको हाकिम चोकमा मञ्च बनाएको छ । तर, वर्षाका कारण कार्यक्रमस्थल भने डुबानमा परेको छ । 

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरू बुधबार नै चितवन पुगिसकेका छन् । 





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार ७:४८:२९,   अन्तिम अपडेट : बैशाख २२, २०७९ बिहीबार ७:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया