नेत्रविक्रम चन्द (विप्लव) ले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई पार्टीबाट निलम्बन गरेका छन् ।
स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध भ्रमण फिँजाएको लगायत आरोपहरू लगाउँदै विप्लवले उनीहरूलाई जिम्मेवारीबाट मुक्त गरी निलम्बन गरेका हुन् ।
यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट निष्कासित गरिसकेका छन् ।
आफूहरूलाई कारबाही गरेपछि बुधबार चितवनमा बसेको बास्तोला र ओली पक्षका नेताहरूको बैठकले महासचिव विप्लव र प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई नै कारबाहीको निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।