जगन्नाथलाई रामचन्द्रले पनि फकाउन सकेनन्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलबीच भेट भएको छ । 

गठबन्धनको चुनावी सभालाई सम्बोधन भरतपुर आएको मौकामा रामचन्द्रले आज बिहान जगन्नाथसँग भेटघाट गरेका हुन् । भेटमा रामचन्द्रले उनलाई उम्मेदवारी निश्कृय बनाउन आग्रह गरे । तर, जगन्नाथले आफ्नो उम्मेदवारी कायमै रहने कुरा दोहोर्याए ।      

पूर्व सांसदसमेत रहेका पौडेललाई फकाउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै फोन गरिसकेका छन् । तर, उनले भने उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखे । 

उम्मेदवारी घोषणासँगै पौडेललाई मनाउन देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित कांग्रेस नेताहरूलाई चितवन पठाएका थिए । तर, पौडेललाई फकाउने उनीहरूको प्रयास पनि सफल हुन सकेन । अन्ततः पौडेलले यही ३० वैशाखमा हुन लागेको स्थानीय चुनावका लागि भुइँकटहर चिन्ह पाइसकेका छन् । 

यसपालि गठबन्धनबाट भरतपुरको मेयरका लागि माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार छन् । 





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार ९:१२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया