नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । एकैदिन आज प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १३ सय पाँच रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।