महिलालाई ‘हेट’ गर्ने उम्मेदवारलाई मतदानबाटै जवाफ दिनपर्छ : गगन थापा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरले पाँच वर्षमा के काम गर्‍यो नेकपा एमालेले जवाफ दिनुपर्ने बताएका छन् । 

कांग्रेसको काठमाडौं महानगरमा क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले काठमाडौं महानगरमा एमालेले पाएको अवसरलाई सदुपयोग गर्न नसकेको दाबी गरेका हुन् । 

काठमाडौं महानगरमा एमालेले पाँच वर्ष नेतृत्व गरे पनि जनताले सुविधा नपाएको दाबी गर्दै उनले भने, ‘एमालेले पाँच वर्ष काठमाडौं चलाउन पाएको हो तर के काम गर्‍यो ? एमालेका उम्मेदवारले काम देखाउन सकेका छैनन् ।' 

त्यस्तै एमालेबाट काठमाडौंको मेयरका उम्मेदवार रहेका केशव स्थापितप्रति लक्षित गर्दै महिलालाई ‘हेट’ गर्ने उम्मेदवारलाई मतदानबाटै जवाफ दिन काठमाडौंवासीलाई आग्रह गरे ।

‘एउटा महिलाद्वेषी, महिलालाई अपमान गर्ने, हेट गर्ने पात्रलाई आज एउटा पार्टीले बोकेको छ । एमालेकै महिलाहरुले पनि काठमाडौं महानगरमा सूर्यलाई भोट दिनु उहाँहरूकै अपमान भइसकेको छ' उनले भने । 

उनले पार्टीभित्रका असन्तुष्टि बिर्सेर चुनावी अभियानलाई सफल बनाउन नेता-कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए ।
 





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १३:२८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया