आसन्न स्थानीय निकायको निर्वाचनमा सुर्खेतको भेरीगंगा नगरपालिकामा विभिन्न पदका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन जनाएका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै नगर प्रमुख लगायतका पदमा उम्मेदवारी दिएका पाँच जना उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको जनाएका हुन् ।
भेरीगंगा नगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका मानबहादुर बुढा मगरले कांग्रेसलाई समर्थन गर्ने जनाएका छन् ।
यसैगरी नगरपालिकाको ५ नं. वडाका अध्यक्ष पदका उम्मेदवार ढालबहादुर बराल, महिला सदस्य पदका उम्मेदवार कमला पुन मगर, सदस्य पदका उम्मेदवारहरू मनबहादुर पुन मगर र टोपबहादुर आलेले कांग्रेसका उम्मेदवारलाई समर्थन भएको जनाएका छन् ।
आफ्नो उम्मेदवारी रहे पनि कांग्रेस निकट उम्मेदवारीलाई विजय गराउन आफूहरुले समर्थन गरेको उनीहरुको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।