जगन्नाथजीहरूले धैर्य गर्न सक्नु भएन : रामचन्द्र पौडेल

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनका बागी उम्मेदवार जगन्नाथ पौडेलमा धैर्यता नरहेको बताएका छन् । 

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनमा बागी उम्मेदवारहरूलाई भेट्न जाँदा उनमा धैर्यता नदेखिएको बताए । 

‘मैले जगन्नाथजीलाई भेटेँ । भेटेर जुन कुरा राख्न खाेजेको थिएँ । उहाँहरूमा सुन्न सक्ने धैर्यता रहेनछ । धैर्यता गुमाएपछि उहाँ छोटो कुरा गरेर जानुभयो’ पौडेलले भने । 

नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादीसँग र प्रचण्डसँग नभएको उनको भनाइ थियो । ‘हाम्रो प्रतिस्पर्धा माओवादीसँग होइन्, प्रचण्डसँग होइन् । हाम्रो प्रतिस्पर्धा त नेकपा एमाले अध्यक्ष केपी ओलीसँग हो । उनमा देखिएको केपी ओली प्रवृतिसँग हाम्रो प्रतिस्पर्धा हो’ उनले भने । 

देशलाई गठबन्धनको आवश्यकता रहेको भन्दै केपी ओली निरकुंशतातर्फ अघि बढ्दै गर्दा आफू गठबन्धन बनाउनतिर लागेको बताए । 





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १५:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया