सहिद स्मारक ‘ए’ डिभिजन लिग
मनाङ मर्स्याङ्दीकाे लगातार १२औँ जित

काठमाडौ‌ं– जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मर्स्याङ्दी क्लबलले लगातार १२औँ जित निकालेको छ । 

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै मनाङले लगातार १२औँ जित निकालेको हो । लिगको अन्तिम चरणमा मनाङले अब ब्रिगेड ब्वाइज क्लबसँग खेल्न बाँकी छ । 

मनाङको अपराजित यात्रामा आफिज ओलावाले र विशाल राईले १/१ गोल गरे । हिमालयन शेर्पाका विश्वास श्रेष्ठले १ गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४५औँ मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई खेलमा फर्काए । 

पहिलो हाफ १/१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले थप १ गोल गर्यो । खेलको ६३औँ मिनेटमा विशालले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । जितसँगै मनाङले १२ खेलबाट ३६ अंक जोडेको छ । 

मनाङले लिगको उपाधि भने दुई खेलअगावै जितिसकेको छ । पराजित हिमालयन शेर्पा १२ खेलबाट ११ अंकसहित तालिकाको सातौँ स्थानमा छ । यसैबीच, आजदेखि लिगअन्तर्गत १२औँ चरणका खेल सकिएका छन् । अब लिगमा एक चरणको मात्र खेल बाँकी छ । 





  • प्रकाशित मिति : पुस १८, २०७५ बुधबार १८:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया