कांग्रेसलाई २३ सिटबाट ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको हो : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानको चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक परेको बताएका छन् ।

चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘संविधानकै चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक परेको छ ।’  

तत्कालीन प्रधानमन्त्री केपी ओलीको सर्वसत्तावाद र तानाशाहीविरुद्ध लड्न सबैभन्दा पहिलो आफूले गठबन्धनको निर्माणको प्रस्ताव गरेको भन्दै उनले शेरबहादुर देउवासँग मिल्न गएको  आरोपको पनि खण्डन गरे ।  

‘शेरबहादुर देउवासँग मिल्न गएको होइन । मैले नै गठबन्धनको लागि आह्वान गरेको हो । ओली सर्वसत्तावाद तर्फ उन्मुख हुँदै थिए । देशमा तानाशाही लाद्न खोज्दै थिए । राजनितिक स्थिरतालाई खलबलाउन ओली निमित्त नायक बनेर आए । नेपाली कांग्रेसको प्रतिद्वन्द्वी एमालेसँग हो । प्रचण्ड होइन । त्यसकारण प्रचण्डसँग सहकार्य गर्नु आवश्यकता हो । मिलेर यो देशको अस्थिरता को अन्त्य गर्नुछ । ओलीविरुद्धमा गठबन्धन गर्नुपरेको छ,’ उनले भने । 

सत्तारुढ गठबन्धन संसदीय निर्वाचनसम्म रहने भन्दै उनले कांग्रेसलाई २३ सिटबाट ९३ सिटमा पुर्‍याउन गठबन्धन भएको बताए । 
 





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १६:५२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया