एमालेका साथीहरू मिलौँ भन्दै आउँछन्, मैले गल्ती दोहोर्‍याउन भन्दिएको छु : प्रचण्ड [भिडियो]

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नेकपा एमालेका नेताहरू मिलौँ भन्दै आउने गरेको बताएका छन् । 

चितवनको भरतपुरमा आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेका नेताहरू फेरि मिलौँ भन्दै आउने गरेको बताएका हुन् ।

उनले आफूले अब पुरानो गल्ती नदोहोर्‍याउन चाहेको भन्दै मिल्न अस्वीकार गर्ने गरेको बताए । भरतपुरको मेयर उम्मेदवार रेनु दाहाललाई भोट माग्‍न चितवन पुगेका प्रचण्डले जनताको र राजनीतिक दलहरूको फैसला हेर्न चाहेको बताएका छन् ।

'एमालेका कतिपय साथीहरूले हामी नै मिलौँ भन्न आउँछन् आजभोलि, मैले पहिला त एउटा गल्ती गरेँ, अब दोहोर्याउन भनेको छु । सुन्नुहोला साथीहरू, भनिदिनुहोला चितवनका सबै राजनीतिक कार्यकर्ताहरूलाई म त्यो गल्ती दोहोर्याउन । म जनताको फैसला हेर्न चाहन्छु । म राजनीतिक दलहरूको फैसला हेर्न चाहन्छु' उनले भने । 
 

भिडियो





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १८:१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया