सुर्खेतको भेरीगंगाका स्वतन्त्र उम्मेदवारको समर्थन कांग्रेसलाई

आसन्न स्थानीय निकायको निर्वाचनमा सुर्खेतको भेरीगंगा नगरपालिकामा विभिन्न पदका लागि उम्मेद्वारी दिएका उम्मेद्वारहरुले नेपाली कांग्रेसका उम्मेद्वारलाई समर्थन जनाएका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै नगर प्रमुखलगायत पदमा उम्मेद्वारी दिएका पाँचजना उम्मेद्वारले कांग्रेसका उम्मेद्वारलाई समर्थन गरेको जनाएका हुन् ।

भेरीगंगा नगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका मानबहादुर बुढा मगरले कांग्रेसलाई समर्थन गर्ने जनाएका छन् । 

यसैगरी नगरपालिकाको ५ नं वडाका अध्यक्ष पदका उम्मेद्वार ढालबहादुर बराल, महिला सदस्य पदका उम्मेदवार कमला पुन मगर, सदस्य पदका उम्मेदवारहरु मनबहादुर पुन मगर र टोपबहादुर आलेले कांग्रेसका उम्मेद्वारलाई सर्मथन भएको जनाएका छन् ।

आफ्नो उम्मेदवारी रहे पनि कांग्रेसनिकट उम्मेदवारलाई विजय गराउन आफूहरुले समर्थन गरेको उनीहरुको भनाइ छ ।





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १८:१०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया