आरजुले भनिन् - कांग्रेसले मेयर नजितेको ठाउँमा पैसा पठाउँदैनौँ
फाइल तस्वीर

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले कांग्रेसबाट मेयर नजितेको ठाउँमा पैसा नपठाउने अभिव्यक्ति दिएकी छन् ।

गृहजिल्ला डडेल्धुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आरजुले कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने बताएकी हुन् ।

प्रधानमन्त्री देउवाले डडेलधुरामा केही दिनअघि ३१ करोड बजेट पारेको प्रसंग उल्लेख गर्दै कांग्रेसको मेयर नै नभएको ठाउँमा पैसा नपठाउने बताएकी हुन् । 

डडेल्धुरामा नेपाली कांग्रेसबाट विद्रोह गरेको समूहले नेपाली कांग्रेस (बिपी) र नेकपा एमालेसँग मिलेर चुनावी प्रतिस्पर्धा गर्दै छ । कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्ल पक्षले कांग्रेस बिपीको चुनाव चिह्न करूवा लिएर निर्वाचनमा उत्रिएको छ । 

मल्ल पक्षप्रति लक्षित गर्दै आरजुले भनिन्, ‘जहाँ कांग्रेसको मेयरै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौँ, त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरूलाई भोट नहाल्नुस् ।’





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १८:१५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया