पैसा राखेर पाउ ढोगेको भनिएका मेलम्चीका वडाध्यक्षलाई आयोगले सोध्यो - तपाईंलाई किन कारबाही नगर्ने ?

मतदाताको पाउमा पैसा राखेको भन्दै समाचार सार्वजनिक भएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० का वडा अध्यक्षलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको तस्बिरसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको भन्दै निर्वाचन आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले भनेको किन कारबाही नगर्ने भन्दै जवाफ मागेको हो । 

'निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने हो २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ' आयोगले जारी गरेको विज्ञप्तिमा भनेको छ। 

वडा अध्यक्षका उम्मेदवार खनालले मतदाताको पाउमा पैसा राखेको भन्दै फोटो र समाचार सार्वजनिक भएको थियो तर उनले भने आफूले दिदीको खुट्टा ढोगेको दाबी गरेका थिए। 
 





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १८:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया