यूरो किड्सले नेपालका प्रि-स्कुलहरूका लागि सुरु गर्‍यो नयाँ पाठ्यक्रम

एशियाको अग्रणी प्रि-स्कूल सञ्जाल यूरो किड्सले प्रि-स्कूलको नयाँ पाठ्यक्रम सुरू गरेको छ। बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि इयूएनओआईए नामक पाठ्यक्रमको सुरुवात गरेको हो । 

यस पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । बालबालिकामा संज्ञानात्मक, प्रभावकारीर कार्यसम्पादनमा आधारित सीपहरू अभिवृद्धि गर्ने उद्देश्यका साथ 'चाइल्ड फर्स्ट' र 'जोय अफ लर्निङ' विचारधाराबाट यो पाठ्यक्रमको डिजाइन गरिएको पाठ्यक्रम विकास प्रमुख डा. अनिता मदानले जानकारी दिइन् ।

उनले भनिन् 'यो पाठ्यक्रमले बच्चाहरूलाई आफ्ना साथी र शिक्षकहरूसँग अन्तरक्रिया गर्ने धेरै अवसरहरू प्रदान गर्नेछ । यस पाठ्यक्रमले मिश्रित सिकाइमार्फत, बालबालिकाहरूलाई अन्य बालबालिकाहरूको तुलनामा धेरै नयाँ कुराहरू सिक्ने अवसरहरू प्रदान गर्नेछ ।'

सिइयो केभिएस शेषसाईले बालबालिकाहरूको भविष्यका लागि चाहिने सीपहरू हासिल गर्न मद्दत पुग्ने गरी पाठ्यक्रम तयार गरेका बताए ।

'यो पाठ्यक्रम पेश गर्न पाउँदा धेरै खुसी छौं, जुन नेपालका बालबालिकाहरूको भविष्यका लागि चाहिने सीपहरू हासिल गर्न मद्दत पुग्ने गरी तयार गरेका छौँ । यूरोकिड्समा हामी चाइल्ड फर्स्ट विचारधारामा विश्वास गर्छौं, र हाम्रो ध्यान बालबालिकाको दिमाग, शरीर र आत्माको विकासमा छ जसले तिनीहरूलाई चलाख, उत्तरदायी नागरिक बन्न मद्दत गर्नेछ।'





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १९:११:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया