राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगिताको २४ औं संस्करणमा २ सय मिटर फ्रि स्टाइलमा नासिर यह हुसेनले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको पौडी पोखरीमा आयोजना भएको २ मिटर फ्रि स्टाइल स्पर्धामा हुसेनले शिरीष गुरुङको कीर्तिमानलाई भंग गरेका हुन् ।
हुसेनले शिरीष गुरुङले बनाएका २ मिनेट ५.७१ सेकेन्डको कीर्तिमानलाई तोडेका हुन् । हुसेनले सोही स्पर्धामा बिहीबार २ मिनेट ०.९२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान भंग गरेका हुन् ।
दुई दिने प्रतियोगितामा १६४ खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गर्दै छन् । यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने नेपाल पौडी संघले जनाएको छ । जस अन्तर्गत पुरुष/महिलामा ८–८ गरी १६ खेलाडी छनोट गरिने छ ।
पौडी संघका अनुसार यो प्रतियोगिता हंगेरीको बुढापेस्टमा जुन १५ देखि २६ तारिखसम्म हुने १९ औं फिना विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोटको आधार पनि हो । एक–एक पुरुष/महिला खेलाडी विश्व च्याम्पियनसिपलाई छनोट हुने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।