नेपालले एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा आज पाहुना टोली जिम्बाब्वे ‘ए’ को सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने तालिका छ ।
यद्यपि आज मौसम सफा नभएकाले खेल निर्धारित समयमै हुनेमा भने शंका छ । काठमाडौंका केही स्थानमा बिहानदेखि नै पानी पर्नुको साथै अधिकांश ठाउँको मौसम बदली छ ।
आज नेपाल जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ । तर, उसलाई बलियो टोली जिम्बाब्वेविरुद्ध जित निकाल्न त्यति सहज भने छैन ।
जिम्बाब्वे पनि घरेलु टोली नेपाललाई हराएर सुखद सुरुवात गर्ने प्रयासमा छ । यसअघि यी दुईबीच भएको तीन खेलको टी-२० सिरिज एक–एकको बराबरीमा सकिएको थियो ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बाब्वे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।