युरोपा कन्फ्रेन्स लिगको उपाधिका लागि रोमा र फियोनुर्ड खेल्ने

इटालियन क्लब रोमा युरोपा कन्फ्रेन्स लिगको फाइनलमा प्रवेश गरेको छ । रोमाले गएराति सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा इंग्लिस क्लब लेस्टर सिटीलाई १–० तथा समग्रमा २–१ ले पराजित गरेको हो ।

घरेलु मैदान स्टेडियो ओलिम्पिकोमा  खेलको ११ औं मिनेटमा ट्याम्मी अब्राहमले गरेको एक मात्र गोल रोमालाई जित दिलाउन पर्याप्त बन्यो । उनले  लोरेन्जो पेलिग्रेनीको पासमा गोल गर्न सफल भएका थिए ।

लेस्टर सिटीको घरेलु मैदानमा भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । रोमाले उपाधिका लागि २५ मेमा फियोनुर्डको सामना गर्नेछ । 

डच क्लब फियोनुर्ड सेमिफाइनलअन्तर्गतकै दोस्रो लेगमा फ्रेन्च क्लब मार्सेलीसँग गोलरहित बराबरी खेले पनि समग्रमा ३–२ को जितसहित फाइनल पुगेको हो । फियोनुर्डलाई पहिलो लेगको नतिजा नै फाइनल पुग्न पर्याप्त बन्यो । 





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार ८:२१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया