एकदिवसीय सिरिज : जिम्बाब्वे ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल, यी खेलाडीले पाए प्लेइङ-११ मा मौका

जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङका निम्तो पाएको छ । नेपाल र जिम्बाब्वेबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको छ । 

आज नेपाल जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ । तर, उसलाई बलियो टोली जिम्बाब्वेविरुद्ध जित निकाल्न त्यति सहज भने छैन । 

जिम्बाब्वे पनि घरेलु टोली नेपाललाई हराएर सुखद सुरुवात गर्ने प्रयासमा छ । यसअघि यी दुईबीच भएको तीन खेलको टी-२० सिरिज एक/एकको बराबरीमा सकिएको थियो ।  

आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बाब्वे ‘ए’ सँग सिरिज खेलिरहेको हो । 

नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), कुशल भर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, करण केसी, सोमपाल कामी, सुशन भारी, आदिल अन्सारी र सागर ढकाल ।





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार ९:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया