एकदिवसीय सिरिज : जिम्बाब्वे ‘ए’ विरुद्ध १३६ रनमै समेटियो नेपाल

एकदविसीय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपालले जिम्बाब्वे ‘ए’ समक्ष १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन बनायो । 

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान दिए । ७० बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । 

करण केसीले २५, कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

जिम्बाब्वेका लागि ब्राड इभन्सले चार तथा, भिक्टर न्याउची, ब्रेन्डन माभुता र केफस जुवाओले दुई/दुई विकेट हात पारे ।  





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार १२:३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया