चीनको हानझाउमा हुने भनिएको १९ औं एसियाली खेलकुद (एसियाड) स्थगित भएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनमा बढ्दै गरेको कोरोना महामारीलाई लिएर एसियाड स्थगित भएको हो ।
एसियाड २०२२ सेप्टेम्बर १० देखि २५ (२४ भदौ २५ देखि ९ असोज) सम्मका हानझाउमा हुने तय थियो । अब एसियाड सन् २०२३ हुने बताइएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आयोजक कमिटी, ओसिएको कार्यकारी बोर्डको संयुक्त छलफलपछि एसियाड रोक्ने निर्णय भएको जनाएको छ ।
तीनै निकायको संयुक्त छलफलपछि एसियाडको नयाँ मिति तय हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।