बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप

बाजुराको बुढीनन्दा नगरपालिका-९ अगाउँपानीमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच दोहोरो झडप भएको छ ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि दोहोरो झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी, प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताए ।

एकीकृत समाजवादीका कार्यकर्ताहरू प्रहरी चौकीमा पुगेपछि प्रहरीले संरक्षण गरेकाे भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले प्रहरी चौकीसमेत तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फायरसमेत गरेको सूचना अधिकारी बोगटीले जानकारी दिएका छन् । झडपमा तीन जना प्रहरीसहित कांग्रेसका कार्यकर्ता सामान्य घाइते भएका छन ।





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार १६:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया