ओलीले पनि गठबन्धन गर्नुभएको छ, तिनको अनुहार हेर्नुहोस्ः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पछिल्लो समय नेपालमा प्रगतिशील र प्रतिगामी शक्तिबीच प्रतिस्पर्धा चलेको बताएका छन् । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मुखमा यो प्रतिस्पर्धा अझ चुलिएको उनले बताए । 

‘अहिले पाँच दलीय गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको छ । गठबन्धनलाई कमजोर बनाउनु भनेको अस्थिरतालाई साथ दिनु हो,’ कांग्रेस नेता पौडेलले भने, ‘प्रतिगामी शक्तिहरु एक ठाउँमा जम्मा हुँदैछन् । आज कांग्रेस र कम्युनिस्टको झगडा होइन । प्रतिगामी शक्तिविरुद्ध प्रगतिशील शक्ति एक ठाउँमा उभिएका हुन् । हामीले लोकतन्त्र जोगाउनको लागि लड्नु पर्छ ।’  

राजनीतिक स्थिरता कायम गर्न पाँच दलीय गठबन्धन बनेको दाबी उनले गरे । स्थिरता नहुँदा विकास हुन नसकेको उनले बताए । 

‘यो गठबन्धनको खिलाफमा केपी ओलीले पनि गठबन्धन गर्नुभएको छ । क–कसलाई लिएर गर्नुभएको छ, तीनको अनुहार पनि हेर्नुहोस्,’ नेता पौडेलले भने । 

केही समय राजनीतिक स्थिरता भयो भने श्रीलंकाले जस्तो संकट भोग्नु नपर्ने उनले जनाए । उनले थपे, ‘हामी आफैँले देशमा राजनीतिक स्थिरता कायम गर्न सकेका छैनौँ ।’  



ओलीलाई निमित्त नायक बनाएर मुलुकलाई अस्थिरतातर्फ धकेलिएको दाबी उनले गरे । यसैकारण आज ओलीलाई बलियो बनाउन गठबन्धनको विरुद्धमा कार्य भइरहेको उनले बताए । 



  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार १६:४२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया