बागीलाई कारबाही नगरे गठबन्धनमा अविश्वास पैदा हुन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बागी उम्मेदवारी दिने उम्मेदवारलाई कारबाही गर्न आग्रह गरेका छन् । 

पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकाहरूका विरूद्धमा बागी उम्मेदवारी दिएकाहरूलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने बताएका हुन् । 

‘बागी उम्मेदवार दिनेलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्छ । कारबाही गरिएन भने गठबन्धनभित्र अविश्वास पैदा हुन्छ । गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्छ,’ अध्यक्ष नेपालले भने । 

बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही नगरे गठबन्धनभित्र अविश्वास पैदा हुने बताए । गठबन्धन नभएको ठाउँमा आ-आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए । 





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार १७:१३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया