मकवानपुरमा माइकिङ गर्न र सार्वजनिक सवारीमा झण्डा राख्न रोक

मकवानपुरमा शनिबारदेखि चुनावी माइकिङ गर्न र सार्बजनिक सवारीसाधनमा झण्डा राख्न नपाइने भएको छ । 

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले चुनावी नारा र गीतसहित गाडी प्रयोग गरी गरिने माइकिङले ध्वनि प्रदूषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै शनिबारदेखि यसलाई बन्द गर्ने निर्णय गरेको हो ।

सर्वदलीय बैठकमा सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिने निर्णय भएको छ । यसैगरी बैठकले सार्वजनिक सवारीसाधनमा झण्डाको प्रयोग गर्नसमेत रोक लगाउने निर्णय गरेको छ । बैठकमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउनेबारे छलफल गरिएको बताइएको छ ।
 





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार २०:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया