पौडीमा नासिर यहया हुसेनको कीर्तिमान

नासिर यहया हुसेनले २४औं राष्ट्रिय खुला तथा उमेर समूहको पुरुषतर्फ २ सय मिटर मिड्लेमा राष्ट्रिय कीर्तिमान रचेका छन् ।

नासिरले निर्धारित दुरी २ मिनेट १६.२४  सेकेन्डमा पूरा गर्दा साहे हेम्जा शाहको नाममा रहेको २ मिनेट २३.६९ सेकेण्डको कीर्तिमान तोडेका हुन् ।  शाहले सन् २०१९ मा सिगांपुर राष्ट्रिय च्याम्पियनसिपमा सो कीर्तिमान कायम गरेका थिए ।

नारिसले प्रतियोगितको पहिलो दिन बिहीबार पुरुष २ सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान रचेका थिए । नासिरले निर्धारित दूरी २ मिनेट ००.९२ सेकेन्डमा पूरा गर्दै शिरिश गुरुङको नाममा रहेको २ मिनेट ०५.७१ सेकेन्डको कीर्तिमान भंग गरेका  थिए ।  

दुई दिने प्रतियोगितामा १ सय ६४ खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने नेपाल पौडी संघले जनाएको थियो । तर शुक्रबार मात्र एसियन गेम्स भने कोरोना महामारीका कारण अनिश्चितकाल लागि स्थगित भएको छ । पुरुष/महिलामा ८–८ गरी १६ खेलाडी छनोट गर्ने तालिका रहेको थियो । 

पौडी संघका अनुसार यो प्रतियोगिता हंगेरीको बुढापेस्टमा जुन १५ देखि २६ तारिखसम्म हुने १९ औं फिना विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोटको आधार पनि हो । एक–एक पुरुष/महिला खेलाडी विश्व च्याम्पियनसिपलाई छनोट हुने छन् ।





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार २०:४७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया