शीर्ष स्थानको गुजरातविरुद्ध मुम्बईको रोमाञ्चक जित

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत गुजरात टाइटन्सविरुद्ध मुम्बई इण्डियन्स ५ रनले विजयी भएको छ । जारी संस्करणमा मुम्बईको यो लगातार दोस्रो जित हो । उसले आफ्नो नवौं खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराएको थियो ।

यता शीर्ष स्थानको गुजरातले भने लय गुमाएको छ । उसको यो लगातार दोस्रो हार हो । गुजरात अघिल्लो खेलमा पञ्जाब किंग्सविरुद्ध आठ विकेटले पराजित भएको थियो । 

गएराति सम्पन्न आफ्नो ११ औं खेलमा मुम्बईले दिएको १७८ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । उसका लागि ऋद्धिमान साहले ५५, शुभमन गिलले ५२, कप्तान हार्दिक पाण्ड्याले २४, डेविड मिलरले अविजित १९ र साइ सुदर्शनले १४ रन बनाए । 

मुम्बईका लागि मुर्गन आश्विनले दुई र किरण पोलार्डले एक विकेट लिए । मुम्बईले दुई विकेट भने रन आउटको रूपमा प्राप्त गर्यो । त्यसअघि घरेलु मैदान ब्रेबोर्नमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनायो । 

उसका लागि इशान किशनले ४५, टिम डेविडले अविजित ४४, रोहित शर्माले   तिलक वर्माले २१ र सूर्यकुमार यादवले १३ रन बनाए । गुजरातका लागि राशिद खानले दुई, अल्जारी जोसेफ, प्रदीप सांगवान र लीक फर्ग्युसनले एक÷एक विकेट लिए । गुजरातलाई एक विकेट भने रन आउटको रूपमा प्राप्त भयो ।

जारी सिजनमा गुजरातले ११ म्याच खेल्दा तीनमा हार र आठ खेलमा जित हात पारेको छ । मुम्बईले भने १० खेलमा दुईमा जित आठ खेलमा लगातार हार बेहोरेको छ । ऊ प्लेअफ दौडबाट बाहिरिसकेको छ ।  





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार ६:४४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया