सिरिजमा जीवित रहन जित्नैपर्ने दबाबमा नेपाल

नेपालले एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा आज जिम्बाब्वे ‘ए’ को सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।

जित्नैपर्ने दबाबमा रहेको नेपाल आज जिम्बाब्वेविरुद्ध पहिलो खेलमा बेहोरेको हारको बदला लिँदै सिरिज बराबरी गर्ने सोचमा छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल तीन विकेटले पराजित भएको थियो । 

जिम्बाब्वे लगातार दोस्रो जित निकाल्दै एक खेल अगावै सिरिजमाथि कब्जा जमाउने प्रयासमा छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने सिरिजअघि अभ्यासका लागि जिम्बाब्वे ‘ए’सँग खेलिरहेको हो । नेपाली टिम सिरिज खेल्न जुनमा अमेरिका जानेछ । 





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार ७:१०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया