पुटिनकी गर्लफ्रेन्डलाई युरोपमा प्रतिबन्ध

युक्रेनमाथि रुसले आक्रमण गरेपछि पछिल्लो समय रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाउन थालिएको छ । आर्थिक, राजनीतिक तथा व्यापारिक प्रतिबन्धहरुमा अब अर्को एउटा प्रतिबन्ध थपिएको छ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी गर्लफ्रेन्डमाथि प्रतिबन्ध ।

यसअघि पुटिन, उनका छोरीहरुमाथि पश्चिमा देशले प्रतिबन्ध लगाएका छन् । अब युरोपेली युनियनले रुसी राष्ट्रपति पुटिनकी गर्लफ्रेन्ड भनिने अलिनामाथि पनि प्रतिबन्ध लगाउने भएको हो ।

अलिनालाई रुसकी गोप्य प्रथम महिला पनि भनिने गरिएको छ । जिम्न्यास्टिकबाट खेलकुदमा नाम कमाएकी अलिना रुसको संसदकी सदस्य पनि हुन् । उनीमाथि नै अब युरोपका देशहरुले प्रतिबन्ध लगाउन लागेका हुन् ।

यसअघि अमेरिका र बेलायतले पुटिनका छोरीहरु मारिया र क्याटरिनामाथि प्रतिबन्ध लगाइसकेका छन् ।





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १०:४५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया