सस्तैमा समेटियाे जिम्बावे, नेपाललाई ८८ रनकाे लक्ष्य

एक दिवसयीय सिरिज अन्तर्गत दोस्रो  खेलमा जिम्बावे एले नेपाललाई ८८ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे जिम्बावे एले  ३१.५ ओभरमा सबै विकेट गुमाउँदै ८७  रन बनाएकाे हाे ।

जिम्बाब्वकाे लागि जाेनाथन क्याम्पबेलले सर्वाधिक २७ रनकाे याेगदान दिए । ४२ बलकाे सामना गरेका उनले तीन चाैका र एक छक्का प्रहार गरे ।

ब्राड इभन्सले अविजित २० र केफस जुवाओले १० रन बनाउँदा अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

जिम्बाब्वेलाई सस्तैमा समेट्ने क्रममा  नेपालका साेमपाल कामी र करण केसीले तीन/तीन ,कप्तान सन्दीप लामिछानेले दुई  तथा सागर ढकालले एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे ।





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १२:१२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया