ओलीले अत्याचार गरेपछि गठबन्धन बन्याे: देउवा

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको अत्याचारपछि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । बुटवलमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले लोकतान्त्रिक अधिकारको संरक्षण गर्न र गणतन्त्रलाई संस्थागत गरी स्थायित्व दिनका लागि आफूहरुले गठबन्धन गरेको बताए ।

‘गठबन्धन ओलीको अत्यन्त अत्याचार भएपछि बनेको हो,’ उनले भने, ‘कसैको विरोध सहन नसक्ने, कसैले विरोध गरेमा संसद भंग गरिहाल्ने । यो संविधानमा प्रधानमन्त्रीले संसदलाई लहडमा भंग गर्न पाउने व्यवस्था नै छैन ।’

उनले असंवैधानिक रुपमा विघटन गरिएको संसदलाई अदालतले पुनर्स्थापना गरिदिए पनि एमालेले संसद चल्न नदिएको बताए । ‘ओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? यहाँ पनि भोलि त्यही हालत होला,’ उनले भने । नेपालमा प्रजातान्त्रिक अधिकारलाई बचाउने बाचाका साथ आफ्नो नेतृत्वमा सरकार बनेको भन्दै उनले अहिले सरकारबाट कसैलाई डर त्रास नभएको, बोल्न तथा लेख्नका लागि सबैलाई छुट भएको बताए ।





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १३:१५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया