बुटवलमा देउवाले भने— एमसिसीले सबैभन्दा धेरै बुटवललाई फाइदा पुगेकाे छ

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीले सबैभन्दा बढी फाइदा बुटवलवासीलाई हुने बताएका छन् ।

बुटवलमा चुनावी सभालाई सम्बाेधन गर्दै देउवाले एमसीसी परियोजना अन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधि सभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको बताए ।

‘ओलीले अत्यन्तै ठूलो अत्याचार गरेपछि अहिलेको गठबन्धन बनेको हो’ देउवाले भने, ‘विरोध सहन नसकेर संसद भंग गरे, संविधानमा भंग गर्न पाउने व्यवस्थै छैन ।’





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १३:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया