‘बागी’ उम्मेदवारी फिर्ता लिन गठबन्धनमा आबद्ध दलको निर्देशन
फरकधार / २४ बैशाख, २०७९
फाइल तस्वीर

गठबन्धनमा आबद्ध दलका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न हुम्ला जिल्लास्तरका प्रमुख नेताले निर्देशन दिएका छन् ।  



शनिबार विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनमा बागी उम्मेदवारी यथावत राखे पार्टीको विधानअनुसार कारबाही गर्न चेतावनी दिएको छ ।

गठबन्धनमा रहेका दलहरूद्वारा संयुक्त रुपमा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय सत्ता गठबन्धनले स्थानीय निर्वाचन २०७९ मा समीकरण गरेर जाने निर्णय गरेका कारण आगामी ३० वैशाखको स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारले पार्टीको आधिकारीक गठबन्धनलाई सहयोग नगरे पार्टीको साधारण सदस्यसमेत रहने छैनन् ।’



हुम्लामा ११ वैशाख ०७९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच दुुई दलीय गठबन्धनको निर्णय भएको थियो । सोहीअनुसार जिल्लाका सातवटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको उम्मेदवारी दर्ता भई निर्वाचनमा होमिएको छ । 



 

  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १३:३९:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया