एनभिए भलिबलः आर्मीको दुवै टिमलाई उपाधि

टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले एनभिए भलिबल राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको पुरुषतर्फको अन्तिम खेलमा आर्मीले हेल्प नेपाललाई २५–१३, २५–१८, २६–२८, २८–२६ ले पराजित गर्‍यो ।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहेको आर्मी तीन भारतीय खेलाडी सहित मैदान उत्रिएको हेल्प नेपालविरुद्ध पूर्ण हाबी भएको थियो ।

उपाधिसँगै आर्मीले ६ लाख रुपैयाँ प्राप्त गर्‍यो । यस्तै, उपविजेतामा चित्त बुझाएको हेल्प नेपालले तीन लाख र तेस्रो स्थानको नेपाल पुलिस क्लबले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

आजै भएको महिलातर्फको अन्तिम खेलमा पुलिसलाई सोझो सेटमा पराजित गर्दै आर्मीले नै उपाधि जितेको थियो ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको महिलातर्फको उपाधि पहिलोपटक जितेको छ । आर्मीले पुलिसलाई २५–१८, २५–२३, २५–२० को सेटमा पराजित गर्‍यो ।
 





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १९:११:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया