जनकपुरमा देउवा–दाहालको एउटै स्वर : नागरिकता समस्या चाँडै हल हुन्छ

प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि आफूहरुबीच गठबन्धन गर्नुपरेको बताएका छन् । सभापति देउवाले सत्तारुढ गठबन्धन मुलुकमा संघीयता र संविधानको रक्षाको लागि आवश्यक रहेको पनि दोहो¥याए । 

शनिबार जनकपुरमा आयोजित सत्तारुढ गठबन्धनको आमसभामा बोल्दै उनले नेपाली कांग्रेसको महाधिवेशनबाट समेत गठबन्धनलाई अनुमोदन गरिएको कारणले यसको औचित्यमाथि कांग्रेसले प्रश्न उठाउन नसक्ने बताए । तराई मधेसमा नागरिकताको समस्या रहेको बताउँदै देउवाले यसलाई छिटो समाधान गर्ने आश्वासन समेत दिए । 

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मधेसमा विद्यमान नागरिकताको समस्या समाधान गर्ने आश्वासन दिए ।  विगतमा एमालेको कारण सो समस्या समाधान हुन नसकेको आरोप समेत उनले लगाए । अध्यक्ष दाहालले अब सदन खुल्नेबित्तिकै नागरिकता समस्या समाधान हुने बताए । 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँचदलीय गठबन्धन भएको बताए । पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अध्यक्ष यादवले अपिल गरे । 





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १९:५२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया