आफ्नो पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग नगर्न जसपाको चेतावनी
फरकधार / २४ बैशाख, २०७९

जनता समाजवादीले पोखरामा गठबन्धन नहरेको घोषणा गरेको छ । जसपा पोखराका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्ति जारी गरी ५ दलीय गठबन्धन टुटिसकेको बताए । आइतबार अमरसिंह चौरमा गठबन्धनको चुनावी सभा भन्दै प्रचार गरिएपछि आफूहरू गठबन्धनमा नरहेको स्पष्ट पारेका हुन् ।



‘पोखरामा जनसभा हुन लागेको भन्ने समाचारबारे हाम्रो पार्टीको महानगर समितिको ध्यान आकृष्ट भएको छ । गठबन्धनको आवश्यकता र औचित्य हुँदाहुँदै पनि नेपाली कांग्रेसको अहंकारले गठबन्धन तोडिएको छ,’ उनले भने, ‘व्यवहारतः यहाँ ५ दलीय भन्ने त्यस्तो कुनै गठबन्धन छैन । हाम्रो पार्टीको अनुमतिविना भ्रमपूर्ण समाचार सार्वजनिक नगर्न अनुरोध गर्दछौँ ।’

उनले आफ्नो पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग नगर्न चेतावनी दिएका छन् । ‘निर्वाचनमा स्वच्छ, मर्यादित र मित्रवत् प्रतिस्पर्धाको लागि सबै लोकतन्त्र प्रेमीहरूमा अपिल गर्दछौँ,’ उनले अघि लेखेका छन्, ‘हाम्रो पार्टीको नाम ,झण्डा र चुनाव चिह्न दुरुपयोग नगर्न चेतावनी दिन चाहन्छौँ ।’ 



जसपाले वडा नम्बर २२ को अध्यक्ष आफ्नो पार्टीलाई मागेको थियो । तर, कांग्रेस र माओवादीले आ–आफ्नै उम्मेदवार उठाएका छन् । यहाँ जसपाबाट अध्यक्ष क्षेत्रीकै श्रीमती चुनाव लडेकी छिन् ।



  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १९:५६:३६,   अन्तिम अपडेट : बैशाख २४, २०७९ शनिबार २०:३७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया