कांग्रेसका बागी उम्मेदवार झुण्डिएको अवस्थामा फेला परे

सुनसरीमा कांग्रेसका एक बागी उम्मेदवार रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । सुनसरीको रामधुनी नगरपालिका– ८ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पौडेल आफ्नै घर पछाडिको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

उनको शव शनिबार बिहान फेला परेको हो । रामधुनीको डुम्रास्थित पौडोल चोकमा परिवारसहित बस्दै आएका पौडेल कांग्रेसका क्रियाशील सदस्य हुँदा पनि ०७४ को चुनावा पनि टिकट नदिएको र यसपटक पनि नदिएपछि आफ्नो स्वतन्त्र प्यानलै बनाएर वडा ८ बाट वडाध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका थिए ।

उनी चार दिनअघि मात्र घरबाट बेपत्ता भएका थिए । मोबाइल फोन घरैमा राखेर र मोटरसाइकल इनरुवामा छाडेर चार दिनअघि घरबाट बेपत्ता भएका उनी त्यसको भोलिपल्ट सम्पर्कमा आएका थिए ।

शुक्रबार उनको शवसँगै प्रहरीले सुसाइड नोट पनि बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ । उनको शवसँगै घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ । 

सुसाइड नोटमा पौडेलेले लेखेका छन्, ‘यो कार्य म आफैँले गरेको हो । कसैलाई दोष नदिनू । मलाई समवेदना र झण्डा ओढाउने कार्य नगर्नू । मलाई चिरफार नगर्नू । डिएसपी एन कार्की एकदमै राम्रो मान्छे यति बुझदिनू । पोष्टमार्टम नगरिदिनू । सबैले हेर्न पाऊन् । बुवाआमालाई माया गर्नू सबैले । भतिजा भतिजीलाई हेर्नू । म आफ्नै कारणबाट आजदेखि बिदा हुँदै छु । घरपरिवारलाई ठीकसँग राख्नू । कसैले पिर नगर्नू । समय कम छ । यति नै लेखेँ । अस्तु ।’





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार २०:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया