जनकनन्दिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष शेखको निधन

धनुषाको जनकनन्दिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ । विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेका शेखको शनिबार बेलुकी साढे ८ बजे निधन भएको हो ।
 
जनकनन्दिनी गाउँपालिकामा जनप्रतिनीधिहरुमध्ये नेतृत्वकर्ताको भूमिकामा सदैव देखिएका शेखको निधनले सिँगो गाउँ नै शोकमा डुबेको छ । 

नेपाली कांग्रेसबाट ०७४ सालको स्थानीय तह निर्वाचनमा भारी मतले निर्वाचित भएका शेख आफ्नो कार्यकाल सफलतापूर्वक निर्वाह गर्ने जनप्रतिनिधिमध्येका एक थिए । 

शेखको पार्थिव शरीरलाई आइतबार बिहान इस्लाम रितिरिवाजअनुसार अन्तिम संस्कार गरिने परिवारजनले जनाएका छन् । 

शेखको निधनप्रति नेपाली कांग्रेसका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार २१:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया